(१) मेष ः चु÷चे÷चो÷ला÷लि÷लु÷ले÷लो÷अ
यो वर्षको सुरुमा विद्या–बुद्धिका अधिपति बृहस्पतिको अनुकूलताले विद्यामा
विशेष प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नेछ । आफन्तजनको सहयोगले विशेष
फाइदा होला ।
मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । स्थायी सम्पत्ति जोड्ने समय छ ।
नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । मानसम्मान पाइनेछ
। व्यापार व्यवसायमा लाभ मिल्नेछ । लगानीको प्रतिफल प्रशस्त मिल्नेछ ।
सञ्चित रकम खर्च भए पनि आम्दानीको स्रोत सबल बन्नेछ । कृषि उत्पादन बढ्नेछ
।
जेठ १५ पछि बृहस्पतिको स्थानान्तरणले केही समस्या आउन सक्छन् । शनि र
राहुको गोचरीय स्थिति समेत केही प्रतिकूल देखिन्छ । यसले पारिवारिक
असमझदारी, कष्ट, जीवनसाथीलाई अस्वस्थता र रोग, बन्धन, आरोप, जरिवाना जस्ता
विघ्नबाधा आइपर्ने सम्भावना छ । नसा, जोर्नी वा गुप्तांगसम्बन्धी
समस्याले सताउन सक्छ । अनावश्यक खर्च र ऋणभार समेत बढ्ने देखिन्छ ।
बगलामुखी भगवती, काली भगवती र बटुक भैरवको उपासना, शनि÷राहुको मन्त्रजप आदि गर्नाले लाभ मिल्नेछ ।
असार, असोज, माघ र फागुन महिनामा बढी फाइदा हुनेछ ।
(२) वृष ः इ÷उ÷ए÷ओ÷वा÷वि÷वु÷वे÷वो
वर्षको सुरुमा विद्या र व्यवसायमा केही अवरोध देखिए पनि जेठ १५ बाट
बृहस्पतिको अनुकूलताले स्थितिमा सुधार आउनेछ । नयाँ नोकरी प्राप्ति वा
पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा
खर्च गरिनेछ । मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् ।
कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ ।
घरबाट टाढा वा प्रवासमा रहनेहरूका लागि यो वर्ष फलदायी रहनेछ । खर्च
गर्नुपरे पनि वैदेशिक यात्राबाट लाभ मिल्नेछ । उद्यमीहरूका लागि लगानी
गर्ने वर्ष छ । दाम्पत्य र कुलकुटुम्बका माध्यमबाट विशेष लाभ मिल्नेछ ।
शनि र राहुको अनुकूलताले प्रतिकूल समयमा पनि राम्रो फाइदा उठाउन सकिनेछ ।
प्रतिस्पर्धाहरूमा विजयी भइनेछ र न्यायोचित फल मिल्ने वर्ष छ । लामो
समयदेखि रोकिएका कामसमेत सहजै सम्पादन हुनेछन् ।
केतुले वर्षभरि अनावश्यक खर्च र धनहानिको योग बनाएको छ । जन्मकुण्डलीमा
केतु कमजोर हुनेहरूलाई दण्ड–जरिवाना, अनावश्यक दौडधूप, विपत्ति, वैदेशिक
यात्रामा असफलता, धनहानि जस्ता समस्या आउन सक्छन्,
समस्याबाट मुक्तिका लागि सभक्ति केतुको मन्त्रजप र बटुक भैरवको दर्शन एवं पूजापाठ गर्नुपर्दछ ।
साउन, कात्तिक, फागुन र चैत महिना विशेष शुभ रहनेछन् ।
(३) मिथुन ः का÷कि÷कु÷घ÷ङ÷छ÷के÷को÷हा
मिश्रित फलदायी वर्ष छ । वर्षको सुरुमा वैदेशिक यात्रा र रोजगारीका लागि
समय अनुकूल छ । तर, पढाइलेखाइ अवरुद्ध बन्ने देखिन्छ । टाढाको यात्रा,
धर्मकर्म वा मंगलमय कृत्यका लागि धन खर्च हुनेछ । व्यवसाय विस्तार एवं नयाँ
रोजगारको अवसर भने मिल्नेछ । औसत आम्दानी वर्षभरि भइरहनेछ ।
जेठ १५ पछि जन्मराशिमा आउने बृहस्पतिले पारिवारिक असमझदारी, आत्मीय जनसँग
बिछोड र खिन्नता निम्त्याउने देखिन्छ । एक्लोपनाको अनुभूति हुनेछ । शनि र
राहुको प्रभावले वर्षभरि सन्तानलाई पीडा, दाम्पत्यमा असमझदारी, पेटमा
समस्या र शिक्षामा बाधा हुने देखिन्छ ।
जन्मलग्नमा बृहस्पति, शनि र राहु कमजोर हुनेहरूलाई घरायसी समस्या बढ्ने,
पढाइमा बाधा, काममा अवरोध र आफन्तस“ग मनमोटाव बढ्ने जस्ता समस्या आउन
सक्छन् ।
विधिपूर्वक बगलामुखी, काली र छिन्नमस्ता भगवती तथा बटुक भैरवको पूजा–उपासना
गर्नाले, बृहस्पति–शनि–राहुको मन्त्रजप गर्नाले र आफ्ना इष्टदेवको समेत
आराधना गर्नाले फाइदा हुनेछ ।
वैशाख, भदौ, मंसिर र चैत महिना यो वर्षका लागि विशेष लाभदायक रहनेछन् ।
(४) कर्कट ः हि÷हु÷हे÷हो÷डा÷डि÷डु÷डे÷डो
वर्षको सुरुमा बृहस्पतिको अनुकूलताले घरमा मङ्गलमय कृत्यहरू सम्पादन
हुनेछन् । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि मिल्नेछ । नयाँ रोजगारको अवसर
मिल्नेछ । व्यापार–व्यवसायमा उन्नति हुनेछ । आयआर्जनका नया“ स्रोतहरू
थपिनेछन् । कामको दायित्व बढ्नेछ ।
जेठ १५ देखि बृहस्पतिको गोचरले मंगलमय कार्यमा खर्च, स्थान परिवर्तन र
अध्ययनका लागि विदेशयात्राको योग बन्नेछ । बेचबिखन गर्नुपर्ने स्थायी
सम्पत्ति बिक्री हुन सक्छ । वर्षभरि शनि र राहुको प्रभावले कमजोरी
निम्त्याउनेछ । शनिको अढैया समय समेत भएकाले काममा बाधा, अस्वस्थता, मिथ्या
आरोप र अरूबाट अन्याय सहन गर्नुपर्ने अवस्था आउनेछ ।
जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई कष्ट, चिन्ता, पीर, पारिवारिक
असमझदारी जस्ता समस्या आइपर्नेछन् । राहु–शनि योगले घर–जग्गामा विवाद र
आमाको स्वास्थ्यमा समस्या ल्याउने देखिन्छ ।
यी समस्याबाट मुक्त रहन विधिपूर्वक शनि–राहुको मन्त्रजप, काली र बटुकभैरवको
आराधना गर्नुपर्नेछ । शनिबार नियमित रूपमा पीपलमा जल चढाउनाले पनि
राम्रो हुन्छ । साथै बगलामुखी भगवती र इष्टदेवको उपासना गर्नाले पनि लाभ
मिल्नेछ ।
वैशाख, जेठ, असोज, पुस विशेष फलदायी रहनेछन् ।
(५) सिंह ः मा÷मि÷मु÷मे÷मो÷टा÷टि÷टु÷टे
निकै फाइदाको वर्ष रहनेछ । बृहस्पतिको अनुकूल प्रभावले प्रगति र भाग्योदय
हुने देखिन्छ । धेरै रोकिएका काम बन्नेछन् । घरमा ऐश्वर्य सम्पन्नता,
धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ ।
स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान
पाइनेछ । घरमा माङ्गलिक कार्य सम्पादन होलान् । दाम्पत्य सम्बन्ध प्रगाढ
हुनेछ र सन्तानबाट प्रसन्नता मिल्नेछ ।
प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरीतर्पm हुनेहरूका लागि
अनुकूल स्थानान्तरण र पदोन्नतिको समय छ । व्यापार व्यवसायमा प्रगति हुनेछ ।
नया“ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको विशेष प्रगति
हुने वर्ष रहेको छ । समाजसेवा र परोपकारका कार्य गरिनेछ ।
पराक्रममा रहने शनि र राहु वर्षभरि शुभफलदायक रहनेछन् । यिनीहरूको प्रभावले
सहयोगीको राम्रो साथ पाइनेछ । आत्मबल बढ्नेछ र चौतर्फी प्रगति गर्न
सकिनेछ ।
बाहिरी यात्रालाई भने यो वर्ष केही कमजोर रहनेछ । तीर्थाटनका लागि भने समय अनुकूल नै रहनेछ ।
कात्तिक, माघ, जेठ, असार महिना विशेष फलदायी रहनेछन् ।
(६) कन्या ः टो÷पा÷पि÷पु÷ष÷ण÷ठ÷पे÷पो
प्रयत्न गर्दा ढिलै भए पनि सफलता मिल्ने वर्ष छ । मंगलमय कृत्यहरू सम्पादन
हुनेछन् । धनस्थानका शनि र राहु केही चुनौतीका कारक बन्नेछन् । यदाकदा
बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ ।
केही बाध्यात्मक परिस्थितिमा परिने वर्ष छ ।
जेठ १५ बाट कर्मस्थानमा जाने बृहस्पतिले कर्मप्राप्ति र सिद्धिको योग
बन्नेछ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय
जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ ।
यो वर्ष निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । चौपायाबाट पनि सोचेको फाइदा नहुन सक्छ ।
धनस्थानका राहुले सञ्चित धन खर्च र कर्जा बढाउने सम्भावना छ । वर्षभर शनिको
अन्त्य साढेसाती समय रहनेछ । जन्मकुण्डलीमा अनुकूल शनि हुनेहरूलाई फाइदा
र प्रतिकूल हुनेहरूलाई कष्ट, जरिवाना, बदनाम, चिन्ता जस्ता विघ्नबाधा
आइपर्नेछन् ।
विधिपूर्वक शनि र राहुको मन्त्रजप, काली र बटुक भैरवको आराधना तथा शनिबार पीपलमा जल चढाउनाले राम्रो हुन्छ ।
असार, साउन, मंसिर, फागुन फलदायी महिना रहनेछन् ।
(७) तुला ः रा÷रि÷रु÷रे÷रो÷ता÷ति÷तु÷ते
वर्षको सुरुमा बृहस्पतिको प्रतिकूलताले स्वास्थ्य र मानसम्मानमा बाधा,
काममा झमेला र चुनौती आइलाग्ने देखिन्छ । आफन्तबीच मनमोटाव र सहकर्मीसँगको
प्रतिस्पर्धाले वैरभाव निम्त्याउन सक्छ । विश्वासपात्रले धोका दिनेछन् ।
बाध्यात्मक परिस्थितिमा रुमलिनु पर्नेछ । जेठ १५ देखि भाग्यस्थानमा जाने
बृहस्पतिले स्थितिमा सुधार आउनेछ । विषम परिवेशमा पनि सहयोगीको राम्रो साथ
पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ ।
यो वर्ष जन्मराशिका राहु र शनि चिन्ता, आलस्य र अस्थिरताका कारक देखिन्छन् ।
आफ्नै कमजोरीले हातमा आएको काम र फाइदा गुम्न सक्छ । उत्साहमा कमी र
विलम्बका साथ कार्य सम्पादन हुने वर्ष छ ।
वर्षभर शनिको मध्य साढेसाती समय रहनेछ । बेलाबेला विवादमा र यदाकदा
अन्यायमा समेत परिनेछ । जन्मकुण्डलीमा अनुकूल शनि हुनेहरूलाई फाइदा र
प्रतिकूल हुनेहरूलाई कष्ट, जरिवाना, बदनामी, बन्धन जस्ता विघ्नबाधा
आइपर्नेछन् ।
विधिपूर्वक काली भगवती र बटुक भैरवको उपासना, शनिको मन्त्रजप र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले फाइदा हुनेछ ।
तुलनात्मक रूपमा साउन, भदौ, पुस, चैत महिना शुभ रहनेछन् ।
(८) वृश्चिक ः तो÷ना÷नि÷नु÷ने÷नो÷या÷यि÷यु
वर्षको सुरुआत सामान्य फलदायी रहनेछ । नोकरीमा पदोन्नति र
व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध वा घर–जग्गा जोड्ने
योगसमेत देखिन्छ । जीवनसाथीबाट पाइने साथ र उत्साहले काम सफल हुनेछन् ।
जेठ १५ देखि बृहस्पति तपाईंको राशिबाट विनाश स्थानमा जानाले तपाईंको समय
क्रमशः कमजोर बन्दै जानेछ । मानहानि वा अपयश सम्भावना छ । काममा विलम्ब र
चुनौतीको योग छ ।
वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा पुग्न सक्छ । तुलनात्मक वर्ष कम
फलदायी देखिन्छ । भौतिक वस्तुहरूको सुविधा मिले पनि सन्तुष्टि नमिल्ने वर्ष
छ ।
बन्धुजनस“ग असमझदारी बढ्ने, अनावश्यक खर्च र बाहिरी यात्रामा कष्ट हुने
देखिन्छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ ।
पढाइलेखाइ अपूर्ण देखिन्छ ।
खर्चस्थानका शनि–राहु अनावश्यक खर्च, कर्जा र चोटपटकका कारक देखिन्छन् । शनिको अन्त्य साढेसातीजन्य प्रतिकूल प्रभाव समेत रहनेछ ।
जन्मकुण्डलीमा अनुकूल शनि हुनेहरूलाई फाइदा र प्रतिकूल हुनेहरूलाई कष्ट, जरिवाना, बदनामी जस्ता विघ्नबाधा आइपर्नेछन् ।
विधिपूर्वक बगलामुखी र काली भगवती तथा बटुक भैरवको उपासना गर्नाले, शनिको
मन्त्रजप र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले फाइदा हुनेछ ।
वैशाख, भदौ, असोज, माघ महिना तुलनात्मक रूपमा फलदायी रहनेछन् ।
(९) धनु ः ये÷यो÷भा÷भि÷भु÷धा÷फा÷ढा÷भे
वर्षको सुरुमा बृहस्पतिको प्रतिकूलताले स्वास्थ्यमा बाधा र शिक्षा क्षेत्र
कमजोर देखिन्छ । प्रतिस्पर्धामा समेत कमजोर सावित भइनेछ । तापनि,
शनि–राहुजस्ता पापग्रहको अनुकूलताले सुख–सुविधा उपभोग गर्न पाइनेछ ।
जेठ १५ पछि दाम्पत्यमा सर्ने बृहस्पतिले स्थिति अनुकूल बन्नेछ । र, वर्ष
निकै फलदायी रहनेछ । प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य र सन्तानसुख मिल्नेछ
। बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ । भूमि, घर अथवा वाहन प्राप्तिको
योग छ ।
विद्यार्थीहरूका लागि विशेष उपलब्धि हुनेछ । तर्कशक्ति बढ्नेछ । उत्तम
रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरण पनि
सम्भावना देखिन्छ । घरमा मांगलिक कार्य सम्पन्न हुनेछन् ।
कृषिकर्म तथा व्यापार व्यवसायबाट विशेष फाइदा हुनेछ । नयाँ उद्योगधन्दा
सञ्चालन गर्ने समय आएको छ । साझेदारीबाट फाइदा हुनेछ । सेवामूलक, परोपकारका
कार्यहरू सम्पादन हुने वर्ष छ ।
बाहिरी यात्रा, र प्रवासमा पनि समय अनुकूल देखिन्छ । बगलामुखी र बटुक भैरवको उपासना गर्नाले थप फाइदा हुनेछ ।
तुलनात्मक रूपमा जेठ, असोज, कात्तिक, फागुन महिना शुभ रहनेछन् ।
(१०) मकर ः भो÷भो÷जा÷जि÷जु÷जे÷जो÷ख÷खि÷खु÷खे÷खो÷गा÷गि
सुरुको समय अनुकूल रहनेछ । पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ ।
यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट लाभ र सुख
मिल्नेछ । मंगलमय कृत्यहरू सम्पादन हुनेछन् ।
जेठ १५ पछि बृहस्पति शत्रु स्थानमा जानेछन् र तपाईंको समय पनि प्रतिकूल
बन्नेछ । पारिवारिक असमझदारी र बन्धुबान्धवस“ग मनमोटाव बढ्ने देखिन्छ ।
सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । र, सुखस्थानको
केतुले पनि तनाव बढाउने देखिन्छ ।
कर्मवृत्तिका शनि–राहु सामान्यतया अनुकूल रहनेछन् । जन्मकुण्डलीमा शनि वा
राहु सबल हुनेहरूलाई उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ
। व्यवसायमा अनुकूल परिवर्तन होला । सहयोगीहरूबाट उचित सहयोग पनि पाइनेछ
।
शनि–राहु कमजोर हुनेहरूलाई मानहानि र व्यावहारिक अप्ठ्याराहरू आइपर्ने छन् ।
उच्च महत्वाकांक्षाले काम बिग्रने, धन हानि र परिवारजनबाट टाढिनुपर्ने
स्थिति आउन सक्छ । राहुको मन्त्रजप र बटुकभैरवको पूजा–आराधना गर्नाले
फाइदा हुनेछ ।
असार, कात्तिक, मंसिर र चैत महिना विशेष शुभ रहनेछन् ।
(११) कुम्भ ः गु÷गे÷गो÷सा÷सि÷सु÷से÷सो÷दा
वर्षको सुरुमा बृहस्पतिको प्रतिकूलताले घरायसी काममा खर्च बढ्ने योग छ ।
लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ ।
परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै
परिश्रमबाट थोरै लाभ मिल्ने योग छ ।
जेठ १५ बाट विद्या र सन्तानको स्थानमा जाने बृहस्पतिको प्रभावले स्थितिमा
सुधार आउनेछ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ ।
अध्ययनका लागि विदेशयात्रा सम्भावना छ ।
सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । र, आर्थिक उपार्जनमा सुधार आउनेछ ।
घरमा मंगलमय कार्य सम्पादन हुनेछन् । धर्मकर्म र समाजसेवामा विशेष लगाव
बढ्नेछ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ
मिल्ने देखिन्छ ।
धर्मस्थानका शनि–राहु मंगलमय कृत्य र धार्मिक–सामाजिक कार्यमा बाधक देखिन्छन् । केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ ।
जन्मकुण्डलीमा शनि–राहु बलवान् हुनेहरूलाई आकस्मिक लाभ र सहज भाग्योन्नतिको
योग छ । ग्रहहरू कमजोर हुनेले मन्त्रजप तथा काली भगवती र वटुक भैरवको
पूजा उपासना गर्नाले लाभ मिल्नेछ ।
वैशाख, साउन, मंसिर र पुस महिना विशेष फलदायी रहनेछन् ।
(१२) मीन ः दि÷दु÷थ÷झ÷ञ÷दे÷दो÷चा÷चि
वर्षको सुरुमा उद्योग र व्यापारमा सामान्य लाभ मिल्नेछ तर ऋणभार बढ्ने समय छ
। लगानीको प्रतिफल नगण्य हुने देखिन्छ । कृषि उत्पादन भने राम्रै रहनेछ ।
स्वास्थ्य र उन्नतिका लागि यो वर्ष केही कमजोर रहनेछ । वर्षभरि आर्थिक
अभावले सताउनेछ । सवारी साधनको प्रयोग होसियारीसाथ गर्नुपर्ने बेला छ ।
पढाइलेखाइमा सामान्य प्रगति र नोकरीमा केही चुनौतीको योग छ ।
वर्षभरिलाई बृहस्पति, शनि, राहु तीनवटै ग्रहको प्रभाव कमजोर देखिन्छ ।
स्थायी सम्पत्तिको नाउँमा आफन्तजनमा वैरभाव र पारिवारिक कलहले वर्षभरि नै
सताउने योग छ । विश्वासपात्रबाटै धोका हुने देखिन्छ ।
जीवनसाथीको स्वास्थ्यमा प्रतिकूलता र आपूmलाई समेत रोग, बन्धन, आरोप, जरिवाना जस्ता विघ्नबाधा आइपर्नेछन् ।
शनिको अढैया समय रहेकाले स्वास्थ्यमा कमजोरी र काम वा उन्नतिमा बाधा हुने
देखिन्छ । विनाशको स्थानमा शनि–राहुको उपस्थितिले पेटको रोग र कब्जियत वा
मलद्वारसम्बन्धी समस्याले सताउने समय छ ।
शनिबार पीपलमा जल चढाउनाले र बटुक भैरव, बगलामुखी र काली भगवतीको पूजा–उपासना गर्नाले फाइदा पुग्नेछ ।
जेठ, भदौ, पुस र माघ महिना विशेष फलदायी रहनेछन् । |
|